arrow

'ज्योतिष र धर्मशास्त्रबीचको सम्बन्ध अटुट छ, अध्ययनबिना बोल्दा विवाद निम्तिन्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
devmani-bhattrai.jpg

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले ज्योतिष र धर्मशास्त्रबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै धर्मशास्त्रको पर्याप्त ज्ञानबिना ज्योतिषीय विषयमा अभिव्यक्ति दिँदा समाजमा विवाद र आपत्ति उत्पन्न हुने चेतावनी दिएका छन्। बिहीबार काठमाडौँमा आयोजित ‘ज्योतिष दिवस समारोह–२०८२’ मा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

भट्टराईले पछिल्लो समय विषयवस्तुको गहिराइ नबुझी सार्वजनिक रूपमा धारणा राख्ने प्रवृत्ति बढेको भन्दै त्यसले गलत बुझाइ फैलाइरहेको बताए। उनले भने, "धर्मशास्त्रको कुरा नजानी ज्योतिषीले बोल्दा आपत्ति आइपर्छ। आजका दिनमा धेरै कुरा नबुझेर बोलिरहेका कारण समस्याहरू देखिएका छन्।" उनले ज्योतिषी, पण्डित, पुरोहित र धर्मशास्त्रका विज्ञहरूबीच आपसी समन्वय र एकीकृत दृष्टिकोण हुनुपर्नेमा जोड दिए।

सोही कार्यक्रममा समितिका पूर्वनिर्देशक पण्डित सूर्यप्रसाद ढुङ्गेलले आधुनिक प्रविधिको विकाससँगै परम्परागत ज्ञान र गहिरो अध्ययनप्रतिको चासो घट्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले धर्म, संस्कार र संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै दक्ष जनशक्तिको अभावमा सेवाग्राही (उपभोक्ता) हरू मर्कामा परिरहेको बताए।

"आधुनिक प्रविधिको सहजताले गर्दा आफ्नै क्षमता वृद्धि गर्ने कुरा घट्दै गइरहेको छ," ढुङ्गेलले भने, "अध्ययनको जागर कम हुँदा सक्षम सेवा दिन सकिएको छैन, जसले गर्दा हाम्रो परम्परागत मूल्य–मान्यता संकटमा परेका छन्।" उनले ज्योतिषशास्त्र र संस्कृतिको जगेर्नाका लागि ज्योतिषीहरूले आफ्नो क्षमता अभिवृद्धि गर्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने समय आएको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ