arrow

नेप्से ६४ अङ्कले बढ्दा २१ अर्ब माथिको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
Nepse-Up-bull.jpg

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार उच्च अंकको वृद्धि देखिएको छ। बजार खुलेदेखि नै निरन्तर उकालो लागेको नेप्से परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर २ हजार ८७७ दशमलव शून्य ३ को बिन्दुमा पुगेको हो। यो अघिल्लो दिनको तुलनामा २ दशमलव ३० प्रतिशतको बढोत्तरी हो।

बुधबार कारोबार रकममा पनि निकै ठुलो उछाल आएको छ। मङ्गलबार १२ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार त्यो झन्डै दोब्बरले बढेर २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ। दिनभरिमा ३४२ कम्पनीका ५ करोड ६९ लाखभन्दा बढी कित्ता सेयर १ लाख ९१ हजार २५१ पटक खरिदबिक्री भएका छन्।


बजारमा आज सबै उपसमूहका सूचकहरू बढेका छन्। नेप्सेका अनुसार विकास बैंक समूह सबैभन्दा बढी ३ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ। बैंकिङ ३ दशमलव १६ र जीवन बिमा २ दशमलव ७६ प्रतिशतले बढेका छन्।हाइड्रोपावर २ दशमलव ३०, फाइनान्स १ दशमलव ९४, र उत्पादन तथा प्रशोधन १ दशमलव ८९ प्रतिशतले उकालो लागेका छन्। 

आजको कारोबारमा २४० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ वटाको घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। अर्कोतर्फ, नेपाल लाइफ समृद्धि लगानी योजनाको सेयर मूल्य सबैभन्दा बढी ५ दशमलव १२ प्रतिशतले घटेको बताइएको छ। लगानीकर्तामा देखिएको यो उत्साहले सेयर बजार पुनः बलियो लयमा फर्किएको सङ्केत गरेको विश्लेषकहरूले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ