arrow

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ६ शुक्रबार
kantilokpath-82-3-9.jpg

काठमाडौँ । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

वर्षासँगै आज बेलुका ५ः०० बजेतिर पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । 

पहिरो खसेको ठाउँमा इलाका प्रहरी कार्यालय ठिङगनबाट प्रहरी टोली खटिएको र पहिरो पन्छाउन प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ