काठमाडौँ । शनिबार बिहानै इरानमा धेरै विस्फोट भएको छ । इरानको अर्ध-सरकारी समाचार एजेन्सी मेहरका अनुसार शनिबार बिहान इरानको राजधानी तेहरानमा धेरै विस्फोटहरू सुनिएका थिए।
भ्वाइस अफ अमेरिकाको फारसी सेवाका अनुसार तेहरानको आजाद टावर नजिकै पनि विस्फोटहरू भएको रिपोर्ट गरिएको छ। आक्रमणबाट भएको हताहत वा क्षतिको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन।
आज अमेरिका-इजरायल र इरानबीचको युद्धको २२ औँ दिन हो । गत फेब्रुअरी २८ देखि युद्ध जारी छ ।