सुर्खेत । जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश केसी निर्वाचित भएका छन् ।
संघको नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचन प्रक्रियामा सबै पदहरूमा आवश्यक सङ्ख्यामा मात्र उम्मेद्वारी परेपछि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
निर्वाचन समिति संयोजक भीमबहादुर सिंहका अनुसार वरिष्ठ उपाध्यक्षमा मोहन खड्का, उपाध्यक्षमा रेशमबहादुर खड्का, महासचिवमा सूर्यबहादुर रोकाय, कोषाध्यक्षमा दीपक विक तथा सचिवमा पूर्णबहादुर कार्की निर्विरोध निर्वाचित भए।
संघको सदस्यहरूमा विनोदकुमार घर्ती, मधुकर हमाल, युवराज शर्मा, मिलनप्रकाश चन्द, हेमन्तकुमार खत्री, शान्तराज हमाल, गणेश वि स्वामी, मधुमिता शाह र कृष्णकला खड्का छन् ।
बदलिँदो परिवेशमा व्यावसायिक हकहितका सवाल र जाजरकोटको व्यवसाय प्रबद्धनका लागि आफ्नो कार्यसमितिले योजना बनाई कार्यान्वयन गर्ने नवनिर्वाचित अध्यक्ष केसीले बताए ।