घट्दो क्रममा सुनको भाउ, तोलामा ६५ सय कम, तोलाको दुई लाख ७५ हजार पाँच सय
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
667
Shares
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा छ हजार पाँच सय रुपैयाले घटेर दुई लाख ७५ हजार पाँच सय रुपैयँमा कारोबार भएको छ ।
आइतबार सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ ।
आइतबार चाँदी प्रतितोला चार हजार चार सय २५ रुपैयाँमा कारोबार भएको छ ।
आइबार चाँदीको मूल्य चार हजार पाँच सय ४० रुपैयाँमा कारोबार भएको थियो ।