बिहीबार सांसदहरूको शपथ, यस्तो बन्दैछ भवन [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
765
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले आगामी बिहीबार चैत १२ गते शपथ ग्रहण गर्दैछन् । शपथका लागि नवनिर्मित भवनमा तयारी अन्तिम चरणमा पुगेको छ ।
उक्त भवनको सुरक्षाको प्रबन्ध गरिएको छ । सुरक्षा व्यवस्थापनका लागि नेपाली प्रहरीका एआईजीहरूलेसमेत संसद भवन निरीक्षण गरेका छन् ।
गत भदौ २३ गतेको जेन–जी आन्दोलन र २४ गतेको विध्वंशका कारण नयाँ बानेश्वरमा चिनियाँ सहयोगमा बनाइएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको संसदसमेत बस्न सकेन ।
नयाँ संसद भवन सिंहदरबारमा बन्दै गर्दा समयमै पूरा नहुँदा अहिले अस्थायी रूपमा शपथ ग्रहणका लागि दोस्रो स्थान रोजिएको छ ।
चैत १२ गतेका लागि सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन लगायत समग्र पक्षको व्यवस्थापनका लागि नेपाली प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय ईश्वर कार्की र उमाप्रसाद चतुर्वेदीले नवनिर्मित संघीय संसद भवनको निरीक्षणसमेत गरेका छन् ।
गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले १८२, कांग्रेसले ३८ सिट जितेको थियो भने एमालेले २५, नेकपाले १७, नेपाली संस्कृति पार्टीले ७ तथा राप्रपाले ५ सिट जितेको छ ।