कालीमाटी बजारमा गोलभेँडा ७० र प्याज ३४ रुपैयाँ, सागपात महँगियो
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
531
Shares
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज भारतीय ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ भने सानो भारतीय गोलभेँडा ३५ रुपैयाँ र तराईको सानो गोलभेँडा ४० रुपैयाँ तोकिएको छ।
दैनिक उपभोग्य वस्तुहरूमध्ये रातो आलु प्रतिकिलो १५ रुपैयाँ, भारतीय रातो आलु २० रुपैयाँ र सुकेको भारतीय प्याज ३४ रुपैयाँमा कारोबार भइरहेको छ। तरकारीतर्फ स्थानीय काउली ६० रुपैयाँ, तराईको काउली ५५ रुपैयाँ, बन्दा २० रुपैयाँ, र भन्टा (डल्लो) ६५ रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, केही मौसमी तरकारीहरू जस्तै तितो करेला १६० रुपैयाँ, भिन्डी १३० रुपैयाँ र घिउ सिमी १०० रुपैयाँ पुगेको छ।
सागपातको मूल्यमा भने केही वृद्धि देखिएको छ। रायोको साग प्रतिकिलो ६० रुपैयाँमा पाइँदा पालुङ्गो, चमसुर, मेथी र सौफको सागको मूल्य १०० रुपैयाँ पुगेको छ। च्याउतर्फ कन्य च्याउ १५० रुपैयाँ र डल्ले च्याउ २८० रुपैयाँ तोकिएको छ भने गुन्द्रुकको मूल्य प्रतिकिलो ३०० रुपैयाँ कायम गरिएको छ।
फलफूलतर्फ स्याउ (फुजी) २५० रुपैयाँ, अनार ३०० रुपैयाँ र कालो अंगुर ३२० रुपैयाँमा बिक्री भइरहेको छ। तराईको मेवा ५० रुपैयाँ र स्ट्रबेरी २५० रुपैयाँ तोकिएको छ भने भुइँकटहर प्रतिगोटा १५० रुपैयाँमा उपलब्ध हुने छ।