arrow

एकै दिन तोलामा १४ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १४ हजार ६०० रुपैयाँ र चाँदीको चार सय १५ रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै बुधबार छापावाला सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्ला केही दिन निरन्तर घट्दै आएको सुनको भाउ बुधबार ह्वात्तै बढेको हो । 

मंगलबार प्रति १० ग्राम दुई लाख ३४ हजार ८२५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर दुइ लाख ४७ हजार ३४० रुपैयाँ कायम भएको छ ।

यता, मंगलबार प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार भएको असली चाँदी बुधबार बढेर चार हजार ९२० रुपैयाँ पुगेको छ । चाँदी प्रति १० ग्राम चार हजार २१८ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ