arrow

लेबनानमा इजरायली आक्रमण: एक महिनामा ५१ स्वास्थ्य र सहायताकर्मीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
air-strike-iran-israel-26-3-23.jpg

काठमाडौँ । लेबनानका स्वास्थ्यमन्त्री राकान नासेरेद्दीनले शनिबार आयोजित एक पत्रकार सम्मेलनमा हेजबुल्लाहसँग युद्ध सुरु भएयता इजरायली आक्रमणमा परी ५१ जना स्वास्थ्य र सहायताकर्मीको मृत्यु भएको जानकारी दिएका छन्। मार्च २ देखि सुरु भएको यो द्वन्द्वको करिब एक महिनाको अवधिमा ४६ जना सहायताकर्मी र ५ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका हुन्।

स्वास्थ्यमन्त्रीका अनुसार शनिबार मात्रै ९ जना चिकित्सक र उद्धारकर्मीले 'शाहादत' प्राप्त गरेका छन्। दक्षिण लेबनानमा उद्धार अभियानमा खटिएका समय उनीहरूलाई इजरायली सेनाले निशाना बनाएको थियो। मारिएकामध्ये ४ जना हेजबुल्लाहको 'इस्लामिक स्वास्थ्य समिति' का सदस्य हुन् भने ५ जना हेजबुल्लाह-सहयोगी अमाल आन्दोलनको 'रिसाला स्काउट्स' मा आबद्ध थिए।

अन्तर्राष्ट्रिय मानवीय कानुनले युद्धका समयमा स्वास्थ्यकर्मी र उद्धार टोलीलाई संरक्षण प्रदान गरे पनि लेबनानमा उनीहरू नै सिधा आक्रमणको चपेटामा परिरहेका छन्। पछिल्लो समय लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले हवाई र स्थलगत आक्रमणलाई तीव्र पारेको छ, जसका कारण सर्वसाधारण र उद्धारकर्मीको अवस्था थप जोखिमपूर्ण बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ