arrow

इरानले इजरायली रासायनिक प्लान्टमा गर्‍यो आक्रमण: विषाक्त चुहावटको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
israel-plant-26-3-29.jpg

काठमाडौँ । दक्षिणी इजरायलमा रहेको रासायनिक प्लान्टमा इरानले मिसाइल आक्रमण गरेको छ । उक्त आक्रमणका कारण प्लान्टमा ठूलो आगलागी भएको छ। यसले क्षेत्रमा विषाक्त चुहावटको जोखिम सिर्जना गरेको छ । 

उक्त आक्रमणमा परी एक व्यक्ति पनि घाइते भएका छन् । आक्रमण बेरशेवा सहरबाट करिब ९ किलोमिटर टाढा रहेको नियोट होभाभ औद्योगिक क्षेत्रमा भएको थियो। 

आक्रमणपछि अधिकारीहरूले प्लान्टमा खतरनाक रसायनहरू भएको कारणले नजिकैका बासिन्दाहरूलाई घरभित्रै बस्न र झ्यालहरू बन्द राख्न सल्लाह दिएका छन्।

आइतबार अमेरिका-इजरायल र इरानबीचको युद्धको तीसौँ दिन हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ