इरानले इजरायली रासायनिक प्लान्टमा गर्यो आक्रमण: विषाक्त चुहावटको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
1.9k
Shares
काठमाडौँ । दक्षिणी इजरायलमा रहेको रासायनिक प्लान्टमा इरानले मिसाइल आक्रमण गरेको छ । उक्त आक्रमणका कारण प्लान्टमा ठूलो आगलागी भएको छ। यसले क्षेत्रमा विषाक्त चुहावटको जोखिम सिर्जना गरेको छ ।
उक्त आक्रमणमा परी एक व्यक्ति पनि घाइते भएका छन् । आक्रमण बेरशेवा सहरबाट करिब ९ किलोमिटर टाढा रहेको नियोट होभाभ औद्योगिक क्षेत्रमा भएको थियो।
आक्रमणपछि अधिकारीहरूले प्लान्टमा खतरनाक रसायनहरू भएको कारणले नजिकैका बासिन्दाहरूलाई घरभित्रै बस्न र झ्यालहरू बन्द राख्न सल्लाह दिएका छन्।
आइतबार अमेरिका-इजरायल र इरानबीचको युद्धको तीसौँ दिन हो ।