arrow

अमेरिकी युद्धपोतमाथि आक्रमण गर्ने इरानको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
oil-iran-26-3-21.jpg

काठमाडौँ । इरानी नौसेनाका कमान्डर रियर एडमिरल शाहराम इरानीले अमेरिकी ‘अब्राहम लिङ्कन एयरक्राफ्ट क्यारियर स्ट्राइक ग्रुप’ आफ्नो मारक क्षमताको दायरामा प्रवेश गर्ने बित्तिकै तटीय मिसाइलमार्फत आक्रमण गर्ने बताए। गत मार्च ४ मा श्रीलङ्काको दक्षिणी तटीय क्षेत्रमा अमेरिकी पनडुब्बीको टारपीडो प्रहारबाट इरानी युद्धपोत ‘आइआरआएस देना’ डुबेको थियो, जसमा ८० भन्दा बढी नाविकको मृत्यु भएको थियो।

कमान्डर इरानीका अनुसार पूर्वी हर्मुज घाँटी र ओमान सागर पूर्ण रूपमा इरानी नौसैनिकको नियन्त्रणमा छ। उनले अमेरिकी स्ट्राइक ग्रुपको हरेक गतिविधिलाई 'रियल टाइम' मा नजिकबाट नियालिरहेको दाबी गर्दै बदला लिने बताए।

यसैबीच, इरानी संसदका सभामुख एम.बी. गालिबाफले अमेरिकाले इरानमाथि गोप्य रूपमा स्थलगत आक्रमणको योजना बनाइरहेको आरोप लगाए। वासिङ्टन पोस्टका अनुसार पेन्टागनले इरानमा विशेष सैन्य टोलीमार्फत छापा मार्ने तयारी गरिरहेको रिपोर्ट सार्वजनिक भएपछि गालिबाफले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले अमेरिकालाई आफ्नो भूमि प्रयोग गर्न दिने खाडी मुलुकहरूलाई समेत ‘सदाका लागि दण्डित’ गर्ने चेतावनी दिए।

श्रीलङ्काको गाले नजिकै भएको उक्त दुर्घटनामा १८० चालक दलका सदस्यमध्ये ८० को ज्यान गएको थियो भने बाँकीलाई श्रीलङ्काली नौसेनाले उद्धार गरेको थियो। भारतीय नौसेनाले पनि खोजी अभियानमा आफ्ना युद्धपोत र गस्ती विमान परिचालन गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ