तोलामा २५ सय घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
762
Shares
काठमाडौँ । नेपाली बजारमा आइतबार तोलामा पाँच हजार रुपैयाँ बढेको सुनको भाउ सोमबार भने दुई हजार पाँच सय रुपैयाँले घटेको छ।
भाउ घटेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
सोमबार सुनको भाउ प्रति दशग्राम दुई लाख २२ हजार ६४० रुपैयाँ रहेको छ ।यसअघि आइतबार सुन प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै सोमबार चाँदीको भाउ पनि घटेको छ । असली चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर सोमबार चार हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि आइतबार चाँदीको भाउ प्रतितोला चार हजार ७२० रुपैयाँ रहेको थियो । सोमबार चाँदी प्रति दशग्राम चार हजार २९ रुपैयाँ रहेको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग-आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बजार विश्लेषकहरूको दाबी छ ।