arrow

सुडानमा ड्रोन आक्रमण हुँदा १४ को मृत्यु, २३ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
sudan-mukhyalaya.jpg

काठमाडौँ । सुडानको दक्षिण कोर्डोफान राज्यको डिलिङ शहरमा अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेस’ र त्यसको सहयोगी समूहले गरेको ड्रोन आक्रमणमा १४ जनाको मृत्यु भएको छ । अन्य २३ जना घाइते भएका छन् ।

उक्त आक्रमणमा मारिनेहरूमा पाँच बालबालिका र दुई महिला रहेका छन् । घाइतेहरूमध्ये सात जना बालबालिका छन् ।

उक्त समूहले मेडिकल कर्मचारी र सामग्रीको चरम अभावका बीच शहरमा लगातार दोस्रो दिन पनि तीब्र गोलाबारी भइरहेका बेला यो आक्रमण भएको जनाएको छ ।

यसैबीच, सुडानी सशस्त्र बलले शहरमा भएको आक्रमणलाई विफल पारेको दाबी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ