arrow

सरकार परिवर्तनसँगै नेप्सेमा पहिरो, दुई दिनमै ११८ अङ्कको गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
nepse-stock-share-down-bear.jpg

काठमाडौं । नयाँ सरकार गठनपछिको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा ठूलो गिरावट आएको छ। आइतबार ७१ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज थप ४७.७१ अङ्कले ओरालो लागेर २८३१.३९ को बिन्दुमा आइपुगेको छ। यो अघिल्लो दिनको तुलनामा १.६५ प्रतिशतको गिरावट हो।

बजार ओरालो लागे पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। आज ३४१ कम्पनीको ३ करोड १६ लाखभन्दा बढी कित्ता सेयर १ लाख ५९ हजार पटक खरिदबिक्री हुँदा कुल १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका अनुसार आज कारोबार भएका सबै समूहका उपसूचकहरू राताम्मे देखिएका छन्, जसले समग्र बजारमा बिक्री चाप रहेको संकेत गर्दछ।

आजको बजारमा २३७ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने २६ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ। यस्तो गिरावटमा पनि रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाईड्रोपावर, रिजलाइन इनर्जी र होटल फरेस्ट इन लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी गुमाउनेमा सोलु हाईड्रोपावर लिमिटेड देखिएको छ, जसको सेयर मूल्य ७.७९ प्रतिशतले घटेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ