arrow

आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि खेलाडी छनोट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
nepal-women-cricket-team.jpg

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला च्यालेन्ज ट्रफीका लागि सोमबार दोस्रो चरणमा १८ खेलाडी छनोट गरेको छ ।

छनोट हुने टोलीको कप्तानी इन्दु बर्माले र उपकप्तानको जिम्मेवारी पूजा महतोले सम्हाल्ने जनाइएको छ । 

घोषित अन्य खेलाडीमा रुविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सिमाना केसी र मनिषा उपाध्याया छन् ।

यस्तै, रचना चौधरी, सोनी पाख्रिन, साना प्रवीन र सावित्री धामी छनोट भएकी छन् । 

रुवान्डामा आयोजना हुने उक्त प्रतियोगिता अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को नयाँ संरचनाअनुसार पहिलो पटक हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ