काठमाडौँ । इनिशा विक हत्यामा आरोपमा पक्राउ परेका चार जनाविरुद्ध सामूहिक बलात्कार र कर्तव्य ज्यान उद्योगमा अदालतमा अभियोग दर्ता भएपछि इनिशा प्रकरणमा दुई पक्षबाट प्रदर्शन हुन थालेका छन् ।
२५ दिनदेखि इनिशाका आफन्त र अधिकारर्कीहरूले इनिशालाई न्याय माग्दै प्रदर्शन र धर्ना गरिरहेका छन् ।
आइतबार सरकारी वकिल कार्यालयले अभियोजन दर्ता गरेसँगै पक्राउ परेका किशोरहरूका आफन्तहरू पनि प्रदर्शनमा उत्रिएका छन् ।
न्यायलयले तथ्य र प्रमाणका आधारमा नभई हचुवाका आधारमा अभियोजन गरेको भन्दै आरोपित पक्षका आफन्तहरूले मंगलबार वीरेन्द्रनगरमा प्रदर्शन गरे ।
बजारमा प्रदर्शनपछि सुर्खेत जिल्ला अदालत अगाडि धर्नामा बसेका उनीहरूले सरकारी वकिलविरुद्ध राजाबाजीसमेत गरेका छन् ।
निर्दोषलाई फसाउन खोजिएको भन्दै उनीहरूले सरकारी वकिलविरुद्ध बाराबाजी गरे । एक जनाले गल्ती गरे पनि साथीलाई सहयोग गर्न गएकै आधारमा फसाउन खोजिएको उनीहरूको आरोप छ ।
आइतबार सरकारी वकिल कार्यालयले घटनामा संलग्न चार जना किशोरविरुद्ध सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्दामा कैद सजाय र जरिवाना माग गर्दै सुर्खेत जिल्ला अदालतमा अभियोग दायर गरेको थियो ।
सोमबारदेखि बाल इजलासमा सुनुवाई भइरहेको उक्त मुद्धामा दुबै पक्षले अदालत र सरकारी वकिल कार्यालयबाहिर धर्ना दिइ रहेका छन् ।
सोमबार अभियुक्तहरूसँगको बयान सकिएको र मंगलबार थुनछेक बहसपछि अदालतको निर्णय आउने बतायएको छ ।
इनिशा पक्षका आफन्तले न्यायको माग गरिरहेका छन् भने पक्राउ परेका तीन जनाका आफन्तहरूले निर्दोष बालकहरूलाई फसाउन खोजिएको भन्दै प्रदर्शन गरिरहेका छन्।
दुवै पक्षको विरोधका कारण जिल्ला अदालत आसपासको क्षेत्र सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ ।