arrow

उद्योग वाणिज्य महासंघ गण्डकीमा कँडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
naresh-kandel-baglung.jpg

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघको चौथो अधिवेशनबाट गण्डकी प्रदेश अध्यक्षमा बागलुङका नरेश कँडेल निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्षका प्रत्यासी नवराज सुवेदीले उम्मेद्वारी फिर्ता लिएपछि कँडेल निर्विरोध निर्वाचित भएका हुन् । अन्य पदहरूमा पनि अधिकांश उम्मेदवार निर्विरोध चयन भएका छन् ।

कँडेल यसअघि बागलुङ उद्योग वाणिज्य संघ तथा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका निवर्तमान अध्यक्षसमेत हुन् । अध्यक्ष पदमा भने सुरुआतमा दुई जनाको उम्मेदवारी परेको थियो ।

समितिको जिल्ला–नगर उपाध्यक्षमा मृगेन्द्र घिमिरे, एसोसिएट उपाध्यक्षमा सूर्यबहादुर भुजेल, वस्तुगत उपाध्यक्षमा हरिकुमार श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र ओझा निर्विरोध निर्वाचित भएका छन् ।

साथै, नौ जना सदस्य पनि निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । तीन सदस्य भने अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ ।

महासंघले चैत मसान्तभित्र सबै प्रदेश अधिवेशन सम्पन्न गर्ने जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष कँडेलले गण्डकी प्रदेशमा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रको सुदृढीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले वस्तुगत र एसोसिएट संस्थाहरूको क्षमता विकास गरी आर्थिक गतिविधि विस्तार गर्ने योजना समेत अघि सारेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ