arrow

पर्सामा म्याद बुझेर काठमाडौँ फर्के रवि लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
rabi-lamichhane-parsa-court.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पर्सा जिल्ला अदालतमा निर्धारित कानूनी प्रक्रिया पूरा गरी काठमाडौँ फर्किएका छन्।

बुधबार सिमरा हुँदै वीरगञ्ज पुगेका लामिछानेले पर्सा जिल्ला अदालतमा उपस्थित भई म्याद बुझ्ने कार्य सम्पन्न गरेका हुन्। अदालतमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी आजै अपराह्न काठमाडौँ फर्किएका छन् ।

अदालत परिसरमा उनको उपस्थितिलाई मध्यनजर गर्दै बिहानदेखि नै कडा सुरक्षा व्यवस्था मिलाइएको थियो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी सम्भावित भिड व्यवस्थापन गरिएको थियो।

लामिछाने अदालत पुग्दा उनका समर्थकहरू पनि आसपास क्षेत्रमा भेला भएका थिए।

यसअघि पनि विभिन्न मुद्दाका सन्दर्भमा लामिछाने पटक-पटक अदालतमा उपस्थित हुँदै आएका छन्।

पछिल्लो पटकको उपस्थितिसँगै उनले कानूनी प्रक्रिया अनुसारको दायित्व पूरा गरी पुनः काठमाडौँ फर्किएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ