arrow

तोलामा ३६ सय घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउमा गिरावट आएको छ। बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा तीन हजार छ सय र चाँदीको एक सय ६५ रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

यसअघि बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, बुधबार प्रतितोला चार हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएको असली चाँदीको बिहीबार भाउ घटेर चार हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बजार विश्लेषकहरूको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ