arrow

पर्यटन र हवाई क्षेत्रमा दोहोरो मार, मध्यपूर्व युद्ध र इन्धनको मूल्यवृद्धिले सेवा चुनौतीपूर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
bir-bd-basnet.jpg

काठमाडौँ । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले मध्यपूर्वमा जारी युद्ध र इन्धनको चर्को मूल्यवृद्धिका कारण नेपालको पर्यटन तथा हवाई सेवा क्षेत्र संकटोन्मुख बनेको बताएका छन्। खाडीको तनावले गर्दा विदेशी पर्यटकहरूले पहिले नै बुकिङ गरेका हवाई टिकटहरू धमाधम रद्द गरिरहेकाले यस वर्षको पर्यटकीय सिजनमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको उनको भनाइ छ।

बुद्ध एयरले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा हालै भएको हवाई इन्धनको मूल्यवृद्धि अप्रत्याशित र इतिहासकै उच्च रहेको उल्लेख गरिएको छ। स्वचालित प्रणालीअनुसार भएको यो वृद्धिको प्रत्यक्ष भार हवाई भाडामा परेको र वर्तमान भाडा समायोजन प्रचलित नियमसंगत नै रहेको कम्पनीले स्पष्ट पारेको छ। यस्तो प्रतिकूल परिस्थितिमा पनि न्यूनतम स्तरमा मात्र भाडा बढाएर सञ्चालन सन्तुलन मिलाउनुबाहेक अन्य विकल्प नरहेको बस्नेतले बताए।

हवाई सेवाको कुल सञ्चालन लागतमा इन्धनको हिस्सा यसअघि करिब ४० प्रतिशत रहने गरेकोमा हालको मूल्यवृद्धिले यो अनुपात झण्डै ५० प्रतिशत पुगेको छ। यसका साथै, अमेरिकी डलरको भाउ बढेका कारण जहाजका पार्टपुर्जा, मर्मतसम्भार, र प्राविधिक जनशक्तिको तालिम जस्ता खर्चहरू समेत उल्लेखनीय रूपमा महँगिएका छन्।

वर्तमान चुनौतीपूर्ण अवस्थामा इन्धनको मूल्य सामान्य नहुँदासम्म कुर्नुको विकल्प नरहेको उल्लेख गर्दै कम्पनीले स्थिति सहज हुनासाथ पर्यटन क्षेत्र पुनः सशक्त हुने विश्वास व्यक्त गरेको छ। रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने यस क्षेत्रलाई अगाडि बढाउन निजी क्षेत्र र सरकारबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिँदै बुद्ध एयरले नवनिर्वाचित सरकारसँग मिलेर पर्यटन प्रवद्र्धनमा लाग्ने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ