नयाँ वर्ष अभियान “डिजाइन योर ड्रिम होम” सार्वजनिक : एलजीले ४१% सम्म छुट र पक्का उपहारहरूको अफर ल्यायो
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
566
Shares
काठमाडौँ। नयाँ वर्षलाई आराम, नवप्रवर्तन र खुसीसाथ स्वागत गर्दै एलजीले सीजी इलेकट्रोनिक्ससँगको सहकार्यमा “दिस न्यु इयर, डिजाइन योर ड्रिम होम” नामक विशेष नयाँ वर्ष अभियान सार्वजनिक गरेको छ।
यस अभियानअन्तर्गत नेपालभरका ग्राहकहरूले एलजीका नवीनतम घरेलु उपकरणहरूमा ४१% सम्म क्यासब्याक छुट, निश्चित उपहार तथा आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्। नयाँ वर्षसँगै नयाँ लक्ष्य र आकाङ्क्षा बोकेका ग्राहकहरूलाई स्मार्ट र आरामदायी घर निर्माण गर्न सहयोग पुर्याउने उद्देश्यले यो अभियान ल्याइएको हो।
अभियानमा विभिन्न उत्पादन श्रेणीहरूमा निम्नानुसार सुविधाहरू उपलब्ध छन् :
टप लोड वासिङ मेसिन : २ केजी एरियल डिटर्जेन्ट निःशुल्क
ट्विन टब वासिङ मेसिन : १ केजी एरियल डिटर्जेन्ट निःशुल्क
डिसवाशर : २ प्याक वासिङ ट्याब्लेट निःशुल्क
साइड-बाइ-साइड र डबल डोर फ्रिज (३४० लिटर वा सोभन्दा माथि) : मिक्सर निःशुल्क
माइक्रोवेभ ओभन : कुकिङ किट निःशुल्क
एयर कन्डिसनर : निःशुल्क इन्स्टलेसन सेवा
साथै, ०% तुरुन्तै ईएमआई सुविधा पनि उपलब्ध छ, जसमा नागरिकता मात्र देखाए पुग्छ। यो अभियानले एलजीको नवप्रवर्तन र ग्राहक केन्द्रित सेवामार्फत दैनिक जीवनलाई सहज र गुणस्तरीय बनाउने प्रतिबद्धता झल्काउँछ। व्यावहारिक सुविधा, विश्वसनीय गुणस्तर र आकर्षक अफरमार्फत एलजीले नेपाली परिवारहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै आएको छ।
सीजी इलेकट्रोनिक्सका एक प्रवक्ताले बताएअनुसार, अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई नयाँ वर्षको सुरुवातमै आफ्नो घरलाई स्मार्ट, आधुनिक र प्रभावकारी बनाउने अवसर प्रदान गर्नु तथा खरिदलाई थप सहज र लाभदायी बनाउनु हो।
यो अफर सीमित समयका लागि नेपालभर रहेका एलजीका आधिकारिक शोरूम तथा खुद्रा पसलहरूमा उपलब्ध छ। ग्राहकहरूलाई नजिकको शोरूममा गई नयाँ वर्ष अफरको लाभ लिन आग्रह गरिएको छ। “डिजाइन योर ड्रिम होम” अभियानमार्फत एलजीले ग्राहकहरूलाई नयाँ वर्ष आराम, सुविधा र उत्कृष्ट जीवनशैलीसँग सुरु गर्न आमन्त्रण गरेको छ।
एलजी इलेक्ट्रोनिक्सबारे
एलजी इलेकट्रोनिक्स विश्वकै अग्रणी उपभोक्ता इलेकट्रोनिक्स तथा घरेलु उपकरण निर्माता कम्पनी हो, जसले नवप्रवर्तनयुक्त प्रविधि र प्रयोगकर्ता केन्द्रित डिजाइनमार्फत दैनिक जीवनलाई सहज बनाउँदै आएको छ।
सीजी इलेक्ट्रोनिक्सबारे
सीजी इलेकट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको आधिकारिक वितरक हो, जसले देशभर गुणस्तरीय उत्पादन तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।