माइडिया नयाँ वर्ष २०८३ अफर : हरेक खरिदमा पक्का उपहार, क्यासब्याक र बम्पर लक्की ड्रमा मल्टी डोर रेफ्रिजरेटर
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
652
Shares
काठमाडौँ। नयाँ वर्षको सुरुवातसँगै घरायसी जीवनलाई अझ स्मार्ट, सहज र आधुनिक बनाउने उद्देश्यले विश्वकै अग्रणी स्मार्ट होम एप्लायन्स ब्रान्ड माइडियाले “न्यु इयर, न्यु भाइब” अभियान सार्वजनिक गरेको छ।
नयाँ वर्षलाई नयाँ ऊर्जा, नयाँ सुविधा र नयाँ जीवनशैलीसँग जोड्ने सोचका साथ ल्याइएको यस अभियानले उपभोक्तालाई आकर्षक अफरहरूसँगै मूल्यवान् खरिद अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
अभियानअन्तर्गत माइडिया ब्रान्डका विभिन्न उत्पादनहरू खरिद गर्दा ग्राहकहरूले रु. ३७,७०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, उत्पादनअनुसार निश्चित उपहारहरू पनि उपलब्ध छन्, जसले ग्राहकलाई तुरुन्तै लाभ महसुस गराउने कम्पनीको विश्वास छ।
फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी एरियल डिटर्जेन्ट निःशुल्क
टप लोड वासिङ मेसिन खरिदमा २ केजी एरियल डिटर्जेन्ट निःशुल्क
सेमी अटोमेटिक वासिङ मेसिन खरिदमा १ केजी एरियल डिटर्जेन्ट निःशुल्क
डिसवाशर खरिदमा २ पिस डिसवाशर ट्याब्लेट्स निःशुल्क
माइक्रोवेभ ओभन खरिदमा कुकिङ किट निःशुल्क
अभियानलाई थप रोमाञ्चक बनाउन बम्पर लक्की ड्र पनि समावेश गरिएको छ। यसअन्तर्गत भाग्यशाली एक जना ग्राहकले माइडिया ब्रान्डको मल्टी डोर रेफ्रिजरेटर जित्ने अवसर प्राप्त गर्नेछन्। ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेपछि लक्की ड्रमा सहभागी हुन सक्नेछन्।
माइडिया अन्तर्राष्ट्रिय बजारमा “विश्वकै नम्बर एक स्मार्ट होम एप्लायन्स ब्रान्ड” को रूपमा स्थापित छ। यसले रेफ्रिजरेटर, वासिङ मेसिन, डिसवाशर, माइक्रोवेभ ओभन लगायतका विभिन्न स्मार्ट उपकरणहरू उत्पादन गर्दै आएको छ। नवीन प्रविधि, ऊर्जा दक्षता र प्रयोगमैत्री डिजाइनका कारण यो ब्रान्डले विश्वभर उपभोक्ताको विश्वास जित्दै आएको छ।
नेपालमा माइडिया ब्रान्ड सीजी इलेकट्रोनिक्स मार्फत वितरण हुँदै आएको छ। कम्पनीले देशभर आफ्ना शोरूम तथा अधिकृत डिलर नेटवर्कमार्फत उत्पादनहरूको सहज उपलब्धता सुनिश्चित गरेको छ।
“न्यु इयर, न्यु भाइब” अभियानले नयाँ वर्षसँगै नयाँ सोच, नयाँ सुविधा र स्मार्ट जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। अब ग्राहकहरूले माइडिया उत्पादन खरिद गरी क्यासब्याक, निश्चित उपहार तथा क्यूआर कोड स्क्यानमार्फत बम्पर पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।