arrow

जानकी नवमीमा राष्ट्रिय बिदा दिन माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
jankakki.jpg

काठमाडौँ । रामानन्दीय वैष्णव संघले जानकी नवमीको अवसरमा देशभर सार्वजनिक बिदा दिन सरकारसँग औपचारिक माग गरेको छ। संघका अध्यक्ष रामरोशन दासले एक विज्ञप्ति जारी गर्दै जानकी नवमी केवल धार्मिक आस्थाको विषय मात्र नभई नेपालको पहिचान, मौलिक संस्कृति र पर्यटनसँग अभिन्न रूपमा जोडिएको उल्लेख गरेका छन्।

अध्यक्ष दासले माता जानकीको जन्मभूमि जनकपुरधाम विश्वभरका हिन्दू धर्मावलम्बीहरूको आस्थाको धरोहर भएको बताउँदै यस ऐतिहासिक पर्वलाई राष्ट्रिय स्तरमा उचित सम्मान दिनुपर्नेमा जोड दिएका छन्। उनले सरकारले दशैँ, तिहार र बुद्ध जयन्ती जस्ता ठूला पर्वहरूमा राष्ट्रिय बिदा दिँदै आएको सन्दर्भ स्मरण गराउँदै जानकी नवमीलाई उपेक्षा गर्नु न्यायोचित नहुने धारणा राखेका छन्।

संघले यस विषयमा प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयहरूको ध्यानाकर्षण गराउँदै चाँडोभन्दा चाँडो निर्णय लिन सरकारलाई आग्रह गरेको छ। जानकी नवमीलाई राष्ट्रिय उत्सवका रूपमा मनाउँदा नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने विश्वास संघले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ