arrow

इरानले बन्द गर्‍यो इराकसँगको नाका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २१ शनिबार
iraq-map.png

काठमाडौँ ।  मध्यपूर्वमा बढ्दो तनावका बीच पछिल्लो हवाई आक्रमणपछि इराकी अधिकारीहरूले इरानसँगको प्रमुख शालमचेह सीमा नाका पूर्ण रूपमा बन्द गरेका छन्। 

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यात्रुहरूको आवागमन र सबै प्रकारका व्यापारिक गतिविधिहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ। बसरा प्रान्तीय सुरक्षा समितिका प्रमुख अकील अल फुराजीले मुख्य लक्ष्यहरूमा आक्रमण भएपछि हाललाई सबै अपरेसनहरू रोक्नुपरेको जानकारी दिएका छन्।

यसअघि एक सुरक्षा स्रोतले युद्धविमानहरूले सीमा क्षेत्रमा रहेको व्यापारिक केन्द्रलाई लक्षित गरी बमबारी गरेको रिपोर्ट गरेको थियो। अधिकारीहरूले सीमा नाका पुनः सञ्चालन गर्ने वा नगर्ने भन्ने निर्णय लिनुअघि विस्तृत सुरक्षा मूल्याङ्कनको प्रतिवेदन पर्खिरहेका छन्। 

जोखिमपूर्ण अवस्था कायम रहेमा नाका बन्द नै रहने चेतावनी दिँदै इराकी पक्षले सुरक्षा स्थिति नियन्त्रणमा नआउन्जेल कुनै पनि गतिविधि सुचारु नहुने स्पष्ट पारेको छ। यस नाका बन्दका कारण इरान र इराकबीचको आपूर्ति श्रृङ्खला र सीमा वारपार गर्ने सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ