arrow

इरान–अमेरिका युद्धमा तीन सय ६५ अमेरिकी सैनिक घाइते

तेह्र जनाको मृत्यु भएको पेन्टागनको पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
pentagon-head-office-usa-army.jpg

काठमाडौँ । फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि ठूलो सैन्य आक्रमण सुरु गरेयता हालसम्म ३ सय ६५ अमेरिकी सैनिकहरू घाइते भएको पेन्टागनले जनाएको छ। पेन्टागनको पछिल्लो अनलाइन अपडेटअनुसार घाइते हुनेहरूमा २ सय ४७ स्थल सेना, ६३ नौसेना, १९ मरिन र ३६ वायुसेनाका सदस्यहरू रहेका छन्।

यस भीषण द्वन्द्वका क्रममा हालसम्म १३ जना अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि गरिएको छ। मृत्यु हुनेहरूमध्ये ७ जना प्रत्यक्ष युद्धका क्रममा, ६ जना कुवेतमा इरानी सेनाले गरेको आक्रमणमा र १ जना साउदी अरबमा घाइते भएपछि उपचारका क्रममा ज्यान गुमाएका हुन्।

यद्यपि, गत शुक्रबार इरानी सेनाले खसालेका वा प्रहार गरेका अमेरिकी युद्धविमानमा सवार चालक दलका सदस्यहरू यस तथ्याङ्कमा समावेश छन् वा छैनन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। इरानले हालैका दिनहरूमा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण तीव्र बनाएपछि अमेरिकी पक्षमा क्षतिको विवरण बढ्दै गएको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ