arrow

कास्कीको मिजुरेडाँडा केन्द्रविन्दु भएर गयो भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
earthquake-final-------.jpg

काठमाडौँ । कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ८:३४ बजे ३.५ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो।

यो पराकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ। यसअघि गत चैत १८ गते मुगु जिल्लाको दाइनाकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो। 

कास्की र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। पछिल्लो समय नेपालका विभिन्न पहाडी तथा हिमाली जिल्लाहरूमा भूकम्प जाने क्रम चलिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ