सेन्सेइले नयाँ वर्ष २०८३ अफर: हरेक खरिदमा पक्का उपहार, क्यासब्याक र बम्पर उपहारमा हिरो स्प्लेन्डर
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
592
Shares
काठमाडौँ। नयाँ वर्ष २०८३ को अवसर पारेर “इन्जिनियर्ड इन जापान” अवधारणामा आधारित सेन्सेइ ब्रान्डले “सेन्सेइ किनिन्छ, हिरो स्प्लेन्डर+ चढिन्छ” नामक विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ। दैनिक जीवनलाई सहज र आधुनिक बनाउने घरायसी उपकरणसँगै उपभोक्तालाई उत्साहजनक लाभ दिने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ।
यस योजनाअन्तर्गत सेन्सेइ ब्रान्डका विभिन्न होम एप्लायन्स खरिद गर्दा ग्राहकहरूले रु. २८,७०० सम्मको इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
साथै, उत्पादनअनुसार निश्चित उपहार पनि उपलब्ध छन् :
फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी एरियल डिटर्जेन्ट निःशुल्क
सेमी अटोमेटिक वासिङ मेसिन खरिदमा १ केजी एरियल डिटर्जेन्ट निःशुल्क
एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सेवा
अभियानको मुख्य आकर्षण भने बम्पर उपहार हो – भाग्यशाली एक जना ग्राहकले हिरो स्प्लेन्डर+ मोटरसाइकल जित्ने अवसर। ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेपछि लक्की ड्रमा सहभागी हुन सक्नेछन्।
सेन्सेइ, चौधरी समूहअन्तर्गतको ब्रान्ड हो। यसले नेपाल बजारमा रेफ्रिजरेटर, एयर कन्डिसनर, वासिङ मेसिन, एयर कूलर, भ्याकुम क्लिनर, चेस्ट फ्रीजर, एलईडी टीभी लगायतका विभिन्न उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। जापानी प्रविधिमा आधारित डिजाइन, टिकाउपन र किफायती मूल्यका कारण सेन्सेइले छोटो समयमै नेपाली उपभोक्तामाझ विश्वासिलो ब्रान्डको रूपमा आफ्नो स्थान बनाएको छ।
नेपालभर सीजी इलेकट्रोनिक्स मार्फत उपलब्ध सेन्सेइ ब्रान्डले आफ्ना शोरूम तथा अधिकृत डिलर नेटवर्कमार्फत सहज पहुँच सुनिश्चित गर्दै आएको छ। नयाँ वर्षको अवसरमा ल्याइएको यस योजनाले उपभोक्तालाई भरपर्दो र लाभदायक खरिद अनुभव प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
ग्राहकहरूले नजिकैको अधिकृत डिलर वा शोरूमबाट सेन्सेइका उत्पादन खरिद गरी क्यासब्याक, निश्चित उपहार तथा क्यूआर कोड स्क्यानमार्फत बम्पर पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।