युवा ज्योतिषी पौडेललाई भारतमा पराशर अवार्ड-२०८२ सम्मान
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
2.7k
Shares
पटना । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचिवसमेत रहेका युवा ज्योतिषी शिवलाल पौडेल भारतको पटनामा आयोजित अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र-सम्मेलन २०८२ को अवसरमा पराशर अवार्ड २०८२ बाट सम्मानित भएका छन् ।
।
अर्घाखाँचीको पाणिनी गाउँपालिका ६ धातिवाङ्गका पौडेल नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठबाट फलित ज्योतिष विषयमा स्नातकोत्तर गरेका छन् ।
नेपालमा ज्योतिषी संघसंस्थाहरुमाझ लोकप्रिय पौडेल नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको सदस्य, संगठन सचिव, लुम्बिनी प्रदेश पार्षद सदस्य, केन्द्रीय पार्षद सदस्य, केन्द्रीय सदस्य, प्रवक्ता हुँदै अहिले सचिव पदको जिम्मेवारीमा छन् ।
सम्मान ग्रहण गरेपछि पौडेलले आगामी दिनमा ज्योतिषशास्त्रको अध्ययन अनुसन्धान संरक्षण र प्रचारप्रसारमा थप जिम्मेवारी थपिएको महसुस भएको बताए ।