arrow

ओपेक प्लसले तेल उत्पादन बढाउने, दैनिक थप दुई लाख ब्यारेल बजारमा आउने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २३ सोमबार
russian-gas-oil-ukraine-russia.jpg

काठमाडौँ । मध्यपूर्वमा चर्किएको युद्ध र इरानको अवरोधका कारण विश्व बजारमा इन्धनको मूल्य आकाशिएपछि तेल उत्पादक राष्ट्रहरूको सङ्गठन 'ओपेक प्लस'ले उत्पादन बढाउने निर्णय गरेको छ। आइतबार बसेको बैठकमा साउदी अरब, रुस र खाडी मुलुकहरू सम्मिलित यो समूहले मे महिनादेखि लागू हुने गरी प्रतिदिन २ लाख ६ हजार ब्यारेल तेल उत्पादन थप्ने सहमति गरेका हुन्।

इरान र अमेरिका–इजरायलबीच जारी युद्धले विश्वको कुल इन्धन आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओगट्ने स्ट्रेट अफ हर्मुज (हर्मुज जलडमरु) ठप्प प्रायः भएको छ। इरानले यस जलमार्गमा लगाएको प्रतिबन्ध र खाडीका तेल प्लान्टहरूमा गरेका शृङ्खलाबद्ध आक्रमणका कारण ऊर्जा बजारमा ठूलो अस्थिरता आएको छ। ओपेक प्लसको यो पछिल्लो कदमले बजारमा बढ्दो अभावलाई केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ।

यसैबीच, अमेरिकी प्रशासनले इरानलाई कडा चेतावनी दिँदै सोमबारसम्ममा 'स्ट्रेट अफ हर्मुज' जहाजहरूको आवतजावतका लागि खुला नगरे नयाँ चरणको थप आक्रामक सैन्य कारबाही थाल्ने बताएको छ। इरानले भने खाडी मुलुकका नागरिक पूर्वाधारहरूमा थप आक्रमण गर्ने धम्की दिँदै आएको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य नियन्त्रण गर्न र आपूर्ति प्रणालीलाई सहज बनाउन ओपेक प्लसले उत्पादन कोटा समायोजन गरे पनि युद्धको अनिश्चितताले गर्दा ऊर्जा सङ्कट अझै केही समय लम्बिन सक्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ