arrow

नयाँ वर्षको सुरुवात, टीसीएल खुशीको सौगात : टीसीएलले ल्यायो भव्य नयाँ वर्ष २०८३ योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २३ सोमबार
cg-electronic-tcl-april-2026.jpg

काठमाडौँ। नयाँ वर्ष २०८३ को अवसरमा विश्व प्रसिद्ध इलेकट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकहरूका लागि विशेष योजना सार्वजनिक गरेको छ। “नयाँ वर्षको सुरुवात, टीसीएल खुशीको सौगात” भन्ने आकर्षक नारासहित ल्याइएको यस योजनाले अत्याधुनिक प्रविधियुक्त होम एप्लायन्स र टेलिभिजन खरिद गर्दा ग्राहकहरूलाई थप खुसी र लाभ प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

योजना अन्तर्गत ग्राहकहरूले टीसीएलका विभिन्न उत्पादनहरू खरिद गर्दा रु. २,००,०८३ सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। हरेक खरिदमा पक्का ‘स्योर सट’ उपहार पनि सुनिश्चित गरिएको छ, जसले ग्राहकलाई तत्काल लाभ दिनेछ।

यो अफरमा नेपालकै सबैभन्दा ठूलो क्यूडी-मिनी एलईडी टीभी, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर (स्प्लिट तथा क्यासेट), भीआरएफ सिस्टम, साउन्ड सिस्टम लगायत आधुनिक जीवनशैलीलाई सहज बनाउने सम्पूर्ण उपकरणहरू समावेश छन्।

विशेष सुविधाहरू :

  • • वासिङ मेसिन खरिदमा ६ केजी एरियल डिटर्जेन्ट उपहार
  • • एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सेवा

यसबाहेक सीजी इलेक्स मार्फत सजिलो ०% ईएमआई सुविधा पनि उपलब्ध छ, जहाँ “नागरिकता भए पुग्छ” भन्ने सरल प्रक्रियाले खरिदलाई अझ सहज बनाएको छ। टीसीएलले विश्वव्यापी रूपमा आफ्नो गुणस्तर प्रमाणित गरिसकेको छ र हाल ग्लोबल टप १ ब्रान्डको रूपमा स्थापित छ। साथै, वर्ल्डवाइड ओलम्पिक पार्टनरको रूपमा पनि यसले आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठा मजबुत बनाएको छ।

सीजी इलेकट्रोनिक्स मार्फत नेपालभर उपलब्ध टीसीएलका यी सबै अफरहरू सीमित अवधिका लागि मात्र लागू हुने भएकाले ग्राहकहरूलाई छिटोभन्दा छिटो नजिकको आधिकारिक शोरूम वा डिलरमा गई खरिद गर्न कम्पनीले आग्रह गरेको छ। नयाँ वर्षलाई अझ स्मार्ट, सहज र आधुनिक बनाउन टीसीएलसँग जोडिनुहोस् र घरमै विश्व स्तरको प्रविधिको अनुभव लिनुहोस् !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ