नयाँ सुरुवातको शुभारम्भ : गोडरेजले नयाँ वर्ष २०८३ मा आकर्षक योजना सार्वजनिक गर्यो
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २३ सोमबार
582
Shares
काठमाडौं। नयाँ वर्ष २०८३ को आगमनसँगै विश्वसनीय र प्रतिष्ठित ब्रान्ड गोडरेजले नेपाली ग्राहकहरूका लागि विशेष योजना सार्वजनिक गरेको छ। “नयाँ सुरुवातको शुभारम्भ” भन्ने सन्देशसहित ल्याइएको यस अभियानले नयाँ वर्षलाई अझ सहज, आधुनिक र आरामदायी बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले गोडरेजका विभिन्न होम एप्लायन्स खरिद गर्दा रु. ३५,३०० सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, हरेक खरिदमा विभिन्न पक्का उपहारहरू पनि उपलब्ध छन्, जसले दैनिक जीवनलाई थप सहज बनाउँछ।
अभियानका प्रमुख सुविधाहरू :
फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी एरियल डिटर्जेन्ट निःशुल्क
टप लोड वासिङ मेसिन खरिदमा २ केजी एरियल डिटर्जेन्ट निःशुल्क
ट्विन टब वासिङ मेसिन खरिदमा १ केजी एरियल डिटर्जेन्ट निःशुल्क
माइक्रोवेभ ओभन खरिदमा कुकिङ किट उपहार
एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सेवा
सबै उत्पादनमा निःशुल्क डेलिभरी
गोडरेजले वर्षौँदेखि गुणस्तर, विश्वास र नवीनतामा आधारित सेवा प्रदान गर्दै आएको छ। यसले “सबैभन्दा विश्वासिलो ब्रान्ड” को पहिचान कायम राख्न सफल भएको छ। नयाँ वर्षको यो योजना पनि ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ।
यसका साथै, सीजी इलेक्स मार्फत सजिलो ०% ईएमआई सुविधा पनि उपलब्ध छ, जहाँ “नागरिकता भए पुग्छ” भन्ने सरल प्रक्रियाले खरिदलाई थप सहज बनाएको छ।
गोडरेजका यी सम्पूर्ण अफरहरू नेपालभर सीजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध छन् र सीमित अवधिका लागि मात्र लागू हुने भएकाले ग्राहकहरूलाई नजिकको आधिकारिक शोरूम वा डिलरमा गई छिटो खरिद गर्न कम्पनीले आग्रह गरेको छ।
नयाँ वर्षलाई नयाँ सुरुवातको साथ अझ स्मार्ट र आरामदायी बनाउनुहोस् — गोडरेजसँग।