काठमाडौँ । आगामी शुक्रबारदेखि शुरू हुन गइरहेको भक्तपुरको प्रसिद्ध ’बिस्काः जात्रा’को तयारी तीव्र रूपमा अघि बढेको छ । जात्राका लागि श्रीभैरवनाथको रथ निर्माण कार्य पनि करिब अन्तिम चरणमा पुगेको छ ।
बिस्काः जात्राको लागि तान्त्रिक विधिअनुसार काठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले श्रीभैरवनाथको रथ निर्माण कार्यका लागि अहिले स्थानीय कालिगडहरू जुटिरहेका छन् ।
जात्रा चैत २७ गते शुरू वैशाख ५ गते सम्पन्न हुनेछ ।