नयाँ वर्ष शुभएक्सचेन्ज: टाटा गाडी एक्सचेन्ज गर्ने शुभ अवसर
टाटा कारको खरिदमा आइपीएल हेर्न जाने मौका
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
631
Shares
काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८३ को अवसरमा 'नयाँ वर्ष शुभएक्सचेन्ज' योजना सार्वजनिक गरेको छ। नयाँ वर्षको शुभ अवसरमा आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर टाटाको नयाँ गाडी लिन खोज्ने ग्राहकहरूलाई लक्षित गर्दै यही चैत्र २७ गते चैत्र ३० गते सम्म 'नयाँ वर्ष शुभएक्सचेन्ज' क्याम्पको आयोजना गर्दै छ।
यो क्याम्पमा टाटा कार खरिद गर्ने ग्राहकहरूलाई लक्की ड्र मार्फत भारतमा टाटा आइपीएल प्रत्यक्ष हेर्न जाने मौका पनि रहेको छ। यसको साथै आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर, लाइफटाइम डिसी फास्ट चार्जिङ तथा होम चार्जिङ इन्स्टलेसन जस्ता विशेष लाभहरू समावेश भएको कम्पनीले जनाएको छ।
नयाँ वर्षलाई अझ उत्साहपूर्ण बनाउँदै टाटा मोटर्सले ग्राहकहरूलाई आधुनिक, सुरक्षित र विश्वसनीय सवारी साधनसँगै अविस्मरणीय अनुभव दिने लक्ष्य लिएको छ। इच्छुक ग्राहकहरूले यस योजनाको लाभ उठाउन नेपालभर रहेका टाटा मोटर्सको सोरुममा गएर विस्तृत जानकारी लिन सक्नेछन्।