“एक्सपेरियन्स लाइफ विथ सिजी: भरोसा नेपालीको, उत्सव नयाँ वर्षको” : सिजी साना घरेलु उपकरणद्वारा नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
580
Shares
काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेकट्रोनिक्स ब्रान्ड सिजीले नयाँ वर्ष २०८३ को सुखद अवसर पारेर आफ्नो साना घरेलु उपकरण श्रेणी अन्तर्गत “एक्सपेरियन्स लाइफ विथ सिजी: भरोसा नेपालीको, उत्सव नयाँ वर्षको” अभियान सार्वजनिक गरेको छ। दैनिक जीवनलाई सहज, स्मार्ट र आरामदायी बनाउने लक्ष्यसाथ सिजीले आफ्ना आधुनिक साना घरेलु उपकरणहरूलाई आकर्षक अफर र उपहारहरूमार्फत उपभोक्ताहरूमाझ प्रस्तुत गरेको हो।
यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले सिजीका विभिन्न साना घरेलु उपकरणहरू खरिद गर्दा प्रत्येक १५ दिनमा ‘सेट अफ ५ प्रोडक्ट्स’ को क्युआर कोड स्क्यान गरी जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।
अभियानको मुख्य आकर्षण बम्पर उपहार हो। यसमा भाग्यशाली विजेताले विश्व प्रसिद्ध मेघौली सराहीमा लग्जरी स्टे र हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने सुवर्ण मौका पाउनेछन्। सामान खरिद गरेपछि उपलब्ध क्युआर कोड स्क्यान गरी ग्राहकहरू सजिलै र पूर्ण पारदर्शी रूपमा योजनामा सहभागी हुन सक्नेछन्।
योजनामा भाग लिन इच्छुक ग्राहकहरूले देशभर रहेका २१ वटा आधुनिक सिजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट www.cgdigital.com.np तथा सिजी ब्रान्डका उत्पादन उपलब्ध हुने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रबाट सिजीका साना घरेलु उपकरणहरू खरिद गर्न सक्नेछन्।
४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेकट्रोनिक्सले देशभर ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ।
यो योजना चैत २२ गतेदेखि सीमित अवधिका लागि देशभर लागू भइसकेको छ । योजना तथा उत्पादनहरूबारे थप जानकारीका लागि सिजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिनेछ।