arrow

तोलामा ४३ सय घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा चार हजार तीन सय र चाँदीको एक सय ५० रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ९९ हजार रहेको थियो।

यता, बुधबार प्रतितोला पाँच हजार २५ रुपैयाँ रहेको असली चाँदीको बिहीबार भाउ घटेर प्रतितोला चार हजार आठ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य गत माघ १५ गते हालसम्मकै उच्च भएको थियो । सो दिन सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बजार विश्लेषकहरुको दावी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ