arrow

नेपाल ‘ए’ ले तीन देशसँग खेल्ने एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
can-cricket-association-of-nepal.jpg

काठमाडौँ । नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक दिवसीय खेलको खेलतालिका नेपाल नेपाल क्रिकेट सङघ (क्यान) ले आज सार्वजनिक गरेको छ । 

विज्ञप्तिमार्फत सार्वजनिक उक्त तालिकाअनुसार नेपालले ओमान, स्कटल्यान्ड र अमेरिकासँग समान दुई–दुई खेल खेल्ने छ । यही अप्रिल २२ देखि आगामी मे ११ तारीखसम्म सञ्चालन हुने उक्त खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने जनाइएको छ ।

क्यानले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल ‘ए’ ले पहिलो खेल ओमानसँग खेल्ने छ । ओमानसँगको दुई खेल अप्रिल २२ र २४ तारिखमा हुनेछ । 

त्यसैगरी मे ६ र ९ तारिखमा स्कटल्यान्डसँग खेल्ने र मे ७ र ११ मा अमेरिकासँग खेल्ने विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ