arrow

‘जेन-जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरले आर्थिक वृद्धिदर खुम्चिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
asian-development-bank-adb.jpg

काठमाडौँ। नेपालको अर्थतन्त्रले पछिल्लो समय आन्तरिक राजनीतिक हलचल र अन्तर्राष्ट्रिय भूराजनीतिक तनावको दोहोरो मार खेप्नुपरेको छ ।

एसियाली विकास बैंक (एडीबी) को पछिल्लो प्रतिवेदनले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर निकै सुस्त अर्थात् २.७ प्रतिशतमा मात्रै सीमित हुने प्रक्षेपण गरेको छ ।

यो तथ्याङ्कले सरकारले राखेको लक्ष्यलाई मात्र चुनौती दिएको छैन, बरु गत वर्षको ४.६ प्रतिशतको वृद्धिलाई समेत निकै तल झारिदिएको छ ।

एडीबीको ‘एसियाली विकास परिदृश्य २०२६’ ले अर्थतन्त्र सुस्त हुनुमा भदौ महिनामा भएको जेन-जी आन्दोलनलाई एउटा प्रमुख कारण मानेको छ ।

सो आन्दोलनपछिको व्यावसायिक अन्योलता र त्यसलगत्तै देखिएको बाढी-पहिरोको वितण्डाले कृषि उत्पादनमा गहिरो चोट पुर्याएको छ ।

विशेषगरी मुलुकको मुख्य बाली धान उत्पादनमा ४.२ प्रतिशतले गिरावट आउने प्रारम्भिक अनुमानले समग्र आर्थिक परिसूचकलाई नै नकारात्मक बनाएको हो ।

महँगीको मार र रेमिट्यान्सको टेको

विश्व बजारमा, विशेषगरी मध्यपूर्वमा जारी सैन्य तनावका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा यातायात र खाद्यान्नको लागत बढेको छ ।

यसले गर्दा आगामी वर्ष मुद्रास्फीति ४.५ प्रतिशतसम्म पुग्न सक्ने देखिएको छ । यस्तो विषम परिस्थितिमा पनि नेपालको बाह्य क्षेत्रलाई भने रेमिट्यान्सले प्राणवायु प्रदान गरिरहेको छ ।

नेपाली श्रमिकहरू नयाँ-नयाँ देश पुग्नु र औपचारिक माध्यमबाट पैसा पठाउने क्रम बढ्नुले विदेशी मुद्रा सञ्चितिमा राहत मिलेको छ, जसले व्यापार घाटाको खाडललाई केही हदसम्म पुरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ