सामान्य बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
589
Shares
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको छ। गत शुक्रबारको तुलामा आइतबार सुनको भाउ तोलामा दुई सय र चाँदीको १५ रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै आइतबार छापावाला सुन प्रतितोला दुई लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ९६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, शुक्रबार प्रतितोला चार हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर आइतबार प्रतितोला चार हजार नौ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य गत माघ १५ गते हालसम्मकै उच्च भएको थियो । सो दिन सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुनेक्रम नरोकिएको बजार विश्लेषकहरूको दावी छ।