arrow

इरानमाथि ट्रम्पले लगाएको नौसैनिक नाकाबन्दीलाई नेतान्याहूको पूर्ण समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
trump-netanu-.jpg
तस्बिर फाइल

काठमाडौँ । इरानमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको नौसैनिक नाकाबन्दीको इजरायलले पूर्ण समर्थन गर्ने भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पको यो निर्णयलाई ऐतिहासिक र आवश्यक कदम भन्दै समर्थन जनाएका हुन्।

प्रधानमन्त्री नेतान्याहुले इरानले पाकिस्तानको इस्लामावादमा भएको शान्ति वार्ताको प्रतिबद्धतालाई उल्लङ्घन गरेको आरोप लगाएका छन्। 

"इरानले शान्ति वार्ताका क्रममा गरिएका बाचाहरू पालना गरेन, त्यसैले राष्ट्रपति ट्रम्पले नौसैनिक नाकाबन्दी गर्ने घोषणा गर्नुभएको हो," नेतान्याहुले भने। उनले इरानको गैर-जिम्मेवार व्यवहारले नै यो परिस्थिति सिर्जना गरेको उल्लेख गरे।

संयुक्त राज्य अमेरिकाको प्रमुख सहयोगीका रूपमा इजरायलले ट्रम्प प्रशासनको पछिल्लो घोषणालाई समर्थन मात्र नभई आवश्यक सहयोग समेत गर्ने प्रतिबद्धता जनाएको छ। 

नेतान्याहुले थपे, “हामी पक्कै पनि राष्ट्रपतिको यो दृढ अडानलाई समर्थन गर्दछौँ र यस विषयमा संयुक्त राज्य अमेरिकासँग निरन्तर समन्वयमा रहनेछौँ।”

इस्लामावादमा भएको उच्चस्तरीय वार्ताका क्रममा इरानले आफ्नो आणविक महत्त्वाकाङ्क्षा त्याग्न अस्वीकार गरेपछि राष्ट्रपति ट्रम्पले 'स्ट्रेट अफ हर्मुज'मा अमेरिकी नौसेनाको नाकाबन्दी सुरु गर्न आइतबार आदेश दिएका थिए। 

ट्रम्पले पाकिस्तानमा भएको वार्ताका अधिकांश बुँदामा सहमति भए पनि तेहरानले पारमाणविक कार्यक्रम त्याग्न नचाहेकै कारण वार्ता विफल भएको दाबी गरेका छन्।

इरानमाथिको यो नाकाबन्दीले क्षेत्रीय सुरक्षा र विश्वव्यापी ऊर्जा आपूर्तिमा नयाँ हलचल ल्याउने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ