काठमाडौँ । नयाँ वर्ष २०८३ को दोस्रो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार नौ सय रुपैयाँले बढेर तीन लाख दुई हजार सात सय रुपैयाँ पुगेको छ।
यसअघि अघिल्लो कारोबार दिन सुन प्रतितोला दुई लाख ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १५५ रुपैयाँले बढेर ५ हजार २२० रुपैयाँ पुगेको छ।
हिजो चाँदी प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो। मध्यपूर्वमा देखिएको पछिल्लो सैन्य तनाव र विश्वव्यापी आर्थिक अस्थिरताका कारण सुरक्षित लगानीको खोजीमा सुन र चाँदीको माग बढ्दा मूल्यमा यस्तो उछाल आएको विश्लेषण गरिएको छ।