arrow

लारीजानीपछि इरानमा उदाएका गालिबाफ को हुन् ?

गालिबाफको बढ्दो प्रभाव र कूटनीतिक सक्रियता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
mohammad-bagher-ghalibaf.jpg

काठमाडौँ ।  अमेरिका र इजरायलसँगको द्वन्द्वका कारण इरानी राजनीतिमा ठूलो उथलपुथल भइरहँदा संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ इस्लामिक गणतन्त्रको प्रमुख वार्ताकार र सबैभन्दा उच्च पदस्थ व्यक्तित्वका रूपमा उदाएका छन्। करिब तीन दशकदेखि इरानी संस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका ६४ वर्षीय गालिबाफले यतिबेला युद्धविराम र कूटनीतिक संवादको नेतृत्व गरिरहेका छन्।

विशेषगरी इरानका सर्वोच्च नेता अलि खामेनी र वरिष्ठ सुरक्षा अधिकारी अली लारीजानीको ज्यान जाने गरी भएको आक्रमणपछि गालिबाफ इरानी नेतृत्वको प्रमुख अनुहार बनेका हुन्। हालै इस्लामाबादमा भएको वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरे, जसलाई सन् १९७९ को क्रान्तिपछिको दुई शत्रु राष्ट्रबीचको उच्च स्तरीय सम्पर्क मानिएको छ।

खामेनीका उत्तराधिकारी भनिएका छोरा मोजतबा घाइते भएको र सार्वजनिक रूपमा नदेखिएको अवस्थामा गालिबाफले रिभोलुसनरी गार्ड्स र उच्च शक्ति केन्द्रहरूसँग समन्वय गर्दै कूटनीतिक मोर्चा सम्हालेका छन्। जेनेभा ग्राजुएट इन्स्टिच्यूटका अनुसन्धानकर्ता फरजान सावेतका अनुसार लारीजानीको हत्यापछि गालिबाफ इस्लामिक गणतन्त्रको कूटनीतिको नयाँ सार्वजनिक अनुहार बनेका हुन्।

'वाशिङ्टन पोस्ट'ले गालिबाफलाई एक परिष्कृत र व्यावसायिक 'सौदाबाज' एवं नयाँ इरानको सम्भावित नेताका रूपमा चित्रण गरेको छ। उनले सामाजिक सञ्जालमा अंग्रेजी भाषामा दिने सन्देशहरूले पनि अन्तर्राष्ट्रिय जगतको ध्यान खिचेको छ। सैन्य र नागरिक दुवै क्षेत्रमा लामो अनुभव भएका गालिबाफ यसअघि तेहरानको मेयर र प्रहरी प्रमुखको रूपमा काम गरिसकेका छन्।

यद्यपि, मानव अधिकार समूह र विपक्षीहरूले उनलाई विगतका जनआन्दोलनहरू दबाउन भूमिका खेलेको आरोप पनि लगाउने गरेका छन्। यतिबेला उनी महत्वाकांक्षी र अवसरको सदुपयोग गर्न सिपालु नेताका रूपमा देखिएका छन्। वाशिङ्गटनको अविश्वासलाई चिर्दै र तेहरानलाई युद्धको चपेटाबाट बाहिर निकाल्न उनले देखाउने लचकता र कूटनीतिक कौशललाई विश्वले निकै चासोका साथ हेरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ