arrow

सदन मर्यादित हुनुपर्छ, प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै छानबिनको दायरामा हुनुहुन्छ : रवि लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
ravi-lamichane-01-03.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्लाई मर्यादित र सक्रिय रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्।

संसद्को प्रमुख जिम्मेवारी आवश्यक कानुन निर्माण र परिमार्जन गर्नु रहेको उल्लेख गर्दै उनले अबका दिनमा सदन विवेकपूर्ण ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गरे। उनले संसद् सञ्चालनमा सभामुखको भूमिका पनि सकारात्मक रहने अपेक्षा राखे। यस वर्ष समाजमा व्याप्त विसंगति र बेथितिहरूलाई अन्त्य गर्ने महत्वपूर्ण अवसर रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति अस्वाभाविक भएको भन्ने चर्चाका सन्दर्भमा लामिछानेले सार्वजनिक पदमा रहेका सबै व्यक्तिहरू छानबिनको दायरामा रहेको स्पष्ट पारे। उनले यसका लागि छानबिन आयोग बनिसकेको र त्यसको कार्यक्षेत्र (टिओआर) भित्र प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म सबै पर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ