arrow

हर्मुज जलमार्ग इरानको कडाइ: विश्वव्यापी ऊर्जा आपूर्ति ठप्प, एसियाली देशहरू बढी प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
hormuz-ai-made.jpg

काठमाडौँ । इरानले विश्वको महत्वपूर्ण जलमार्ग 'स्ट्रेट अफ हर्मुज' हर्मुज जलमार्गमा आवतजावतमा कडाइ गरेपछि मार्च महिनामा अन्य देशहरूबाट हुने निर्यात र पैठारीमा ठूलो गिरावट आएको छ।

बजार विश्लेषण गर्ने फर्म केप्लरको तथ्याङ्कअनुसार हर्मुज भएर हुने साउदी अरब, संयुक्त अरब इमिरेट्स, इराक र कतारको निर्यात अघिल्लो १२ महिनाको औसतको तुलनामा कम्तीमा ९६ प्रतिशतले घटेको छ। 

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि तेहरानले यो जलमार्ग अवरुद्ध गरेको हो, जसले गर्दा हाल इरानले अन्य मुलुकसँग सम्बन्धित निकै कम जहाजहरूलाई मात्र पार गर्न अनुमति दिएको छ।

विश्वको कच्चा तेल र एलएनजीको लगभग २० प्रतिशत हिस्सा ओगट्ने यो मार्ग अवरुद्ध हुँदा विश्वव्यापी ऊर्जा सङ्कटको चिन्ता चुलिएको छ, जसको प्रत्यक्ष असर एसियाली देशहरूमा बढी देखिएको छ। तथ्याङ्कअनुसार मार्च महिनामा बहराइन र कुवेतले यो मार्ग भएर कुनै पनि सामान पठाउन सकेनन् भने प्रमुख एलएनजी आपूर्तिकर्ता कतारले पनि कुनै एलएनजी निर्यात गर्न सकेन। 

पछिल्लो समय इरानको आफ्नै ढुवानीमा पनि २६ प्रतिशतले गिरावट आएको छ, यद्यपि गत महिना हर्मुज भएर पार भएको कच्चा तेलमा इरानको हिस्सा ८१ प्रतिशत रहेको पाइएको छ। अमेरिकाले इरानी बन्दरगाहमा गरेको नाकाबन्दी र इरानी सेनाको अवरोधका कारण यो व्यापारिक मार्गको आवागमन थप प्रभावित बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ