arrow

ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
nepa-vs-oman.jpg

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानविरुद्ध हुने दुई ओटा एक दिवसीय खेलका लागि नेपाल ‘ए’ टोली घोषणा गरेको छ । क्यानले मंगलबार प्रेस विज्ञप्ति जारी गरी बुधबार र शुक्रबार हुने खेलका लागि टोलीको घोषणा गरेको हो । 

खेलहरू माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् । उक्त खेलका लागि घोषित टोलीमा अनिलकुमार साह (कप्तान), देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, तृत राज दास, कुशल मल्ल, सन्तोष यादव, रशिद खान, साहब आलम, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, युवराज खत्री र शेर मल्ल रहेका छन् ।

क्यानले प्रतियोगितालाई तयारी तथा खेलाडीको प्रदर्शन मूल्याङ्कनका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ