गर्मी छल्न सीजी ब्रान्डको 'मास्टरस्ट्रोक': नयाँ 'फ्रोस्टलाइन' कुलर सिरिज बजारमा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
585
Shares
काठमाडौँ। नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सीजीले यस वर्षको प्रचण्ड गर्मीलाई मध्यनजर गर्दै आफ्नो 'डेजर्ट कुलर' श्रेणीमा हालसम्मकै अत्याधुनिक र शक्तिशाली रेन्ज 'फ्रोस्टलाइन'बजारमा ल्याएको छ।
कम्पनीको नयाँ वार्षिक अभियान 'एक्सपिरियन्स लाइफ विथ सीजी' अन्तर्गत सार्वजनिक गरिएको यो नयाँ सिरिजले नेपाली उपभोक्तालाई गर्मीको कष्टबाट राहत प्रदान गर्दै आरामदायी र शीतल जीवनको अनुभव दिलाउने लक्ष्य राखेको छ।
ग्राहकको रोजाइमा विशाल र मिड-रेन्ज क्षमता
सीजीले ग्राहकहरूको अत्यधिक माग र आधुनिक घरहरूको आवश्यकतालाई सम्बोधन गर्दै आफ्नो 'डेजर्ट कुलर पोर्टफोलियो' मा यो बिल्कुलै नयाँ 'फ्रोस्टलाइन' रेन्ज समावेश गरेको हो।
यसअन्तर्गत बजारमा उपलब्ध कुलरहरूमध्ये सबैभन्दा ठूलो ट्याङ्की क्षमता भएका 'फ्रोस्टलाइन ११० लिटर' र '९५ लिटर' बजारमा ल्याइएको छ। यसले पटक–पटक पानी भर्नुपर्ने झन्झटलाई सदाका लागि अन्त्य गर्ने कम्पनीको दाबी छ। त्यस्तै, सानो र मध्यम आकारका कोठाहरूका लागि शक्तिशाली 'कुलिङ' का साथै कम बिजुली खपत गर्ने पारिवारिक रोजाइ 'मिड–रेन्ज मास्टर' का रूपमा 'फ्रोस्टलाइन ७५ लिटर' र '५५ लिटर' पनि उपलब्ध गराइएको छ।
विस्तृत कुलर पोर्टफोलियो
आफ्नो उच्च कार्यक्षमता र टिकाउपनका कारण नेपाली बजारमा सीजीका कुलरहरू विगतदेखि नै अत्यन्तै लोकप्रिय मानिन्छन्। ग्राहकको फरक–फरक आवश्यकतालाई ध्यानमा राख्दै सीजीले ५ विधामा कुल २८ वटा मोडलहरू बजारमा उपलब्ध गराउँदै आएको छ:
डेजर्ट कुलर
कमर्सियल कुलर
पर्सनल कुलर
टावर कुलर
विन्डो कुलर
२२ लिटरदेखि १२५ लिटरसम्मको विशाल क्षमतामा उपलब्ध यी सबै मोडलहरूलाई नेपाली उपभोक्ताले पहिल्यैदेखि रुचाउँदै र विश्वास गर्दै आएका छन्। यस वर्ष थपिएको नयाँ 'फ्रोस्टलाइन' रेन्जले सीजीको 'कुलर पोर्टफोलियो'लाई अझ मजबुत र पूर्ण बनाएको छ।
मुख्य प्रविधि र विशेषताहरू
नयाँ 'फ्रोस्टलाइन' रेन्जमा उत्कृष्ट 'कुलिङ' अनुभवका लागि निम्न अत्याधुनिक प्रविधि र विशेषताहरू समावेश गरिएका छन्:
डबल बल बेरिङ मोटर : शक्तिशाली र टिकाउ मोटर, जसले लामो समयसम्म बिना कुनै अवरोध शान्त र प्रभावकारी रूपमा चिसो हावा प्रवाह गर्दछ।
आइस च्याम्बर : हावालाई थप चिसो बनाउनका लागि विशेष रूपमा बरफ राख्ने सुविधा।
एड्भान्स्ड हनीकम्ब प्याड : उच्च घनत्व भएको प्याड जसले लामो समयसम्म चिसोपन कायम राख्न मद्दत गर्दछ।
शक्तिशाली एयर थ्रो : कोठाको प्रत्येक कुनासम्म चिसो हावा पुर्याउन सक्ने उच्च गतिको 'फ्यान'।
बिक्रीपछिको उत्कृष्ट सेवा र अनलाइन सुविधा
नेपाली बजारमा ४० वर्षभन्दा बढी समयदेखि विश्वसनीय तथा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएको 'सिजी इलेकट्रोनिक्स'ले देशभर रहेका २१ वटा आधुनिक 'शोरुम' र ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ।
यसका साथै, ग्राहकहरूले आधिकारिक वेबसाइट 'सिजीडिजिटल डट कम डट एनपी' मार्फत घरमै बसेर 'अनलाइन' खरिदको सुविधासमेत लिन सक्नेछन्। यस विस्तृत सञ्जालले ग्राहकलाई छिटो र भरपर्दो सेवा प्रदान गर्दै सीजीलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ।
'एक्सपिरियन्स लाइफ विथ सीजी' अभियानमार्फत कम्पनीले २०८३ सालभरि नै उपभोक्ताहरूलाई नवीन प्रविधि, नवप्रवर्तन र गुणस्तरीय सेवामार्फत उत्कृष्ट जीवनको अनुभव गराउने प्रतिबद्धता व्यक्त गरेको छ।