काठमाडौँ महानगरमा वैशाख १५ देखि शैक्षिक सत्र ०८३ शुरू हुने
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
600
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ को पठनपाठन तथा सम्पूर्ण शैक्षिक गतिविधि वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते एक सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयलाई उक्त मितिदेखि कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।
महानगरको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले नेपाल सरकारको निर्णय र काठमाडौँ उपत्यका मेयर्स फोरमको अनुरोधलाई मध्यनजर गर्दै यो निर्णय लिएको हो। नयाँ शैक्षिक सत्रको प्रारम्भमा शिक्षक, विद्यार्थी र अभिभावकमा देखिएको अन्योल चिर्न तथा समग्र शैक्षिक अवस्थाको विश्लेषण गरी पठनपाठन शुरू गर्ने मिति तय गरिएको विभागले जनाएको छ।
विभागीय प्रमुख नमराज ढकालद्वारा जारी सूचनामा महानगरभित्रका सबै विद्यालय, विद्यालय निरीक्षक र स्रोत शिक्षकहरूलाई यो निर्देशन कार्यान्वयन गर्न आग्रह गरिएको छ। साथै, महानगरपालिकाले विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई वैशाख १५ गतेदेखि शुरू हुने शैक्षिक सत्रमा सक्रियताका साथ सहभागी हुन आह्वान समेत गरेको छ। महानगरको सूचना प्रविधि विभागलाई यो जानकारी आधिकारिक वेबसाइटमा समेत राख्न निर्देशन दिइएको छ।