-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दोलखा । कालिञ्चोक भगवती मन्दिरमा भक्तजनहरूको चहलपहल बाक्लिएको छ। मौसम सफा रहेकाले दर्शनार्थीहरूको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ।
मन्दिर परिसरमा टाढा टाढाबाट आएका श्रद्धालुहरू पूजा–आराधना तथा दर्शनका लागि पालो कुरिरहेका छन् ।
पछिल्लो समय हिमशृङ्खलाको मनोरम दृश्यसँगै धार्मिक आस्था र पर्यटनको संगमस्थल बनेको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति पनि बाक्लिएको छ।