arrow

सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’, ७५ ग्राम वाइ वाइ क्लासिकको मूल्य रु ३०

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १२ शनिबार
cg-wai-wai-classic-april-2026.jpg

काठमाडौँ। वाइ वाइ उत्पादनको चार दशक पूरा भएको अवसरमा सीजी फुड्स नेपालले ‘वाइ वाइ क्लासिक’ बजारमा ल्याएको छ। कम्पनीले “उही स्वाद, उही याद” भन्ने नारासहित वाइवाइ क्लासिकलाई सार्वजनिक गरेको हो।

७५ ग्रामको वाइवाइ क्लासिक प्याकेटको मूल्य रु. ३० निर्धारण गरिएको छ। वाइवाइको मौलिक स्वादलाई जोगाउँदै वाइ वाइ क्लासिकलाई अझ परिष्कृत रूपमा उपभोक्ता माझ प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। साथै, यसमा डिहाइड्रेटेड भेजीटेबल र चिली फ्लेक्स समावेश गरिएकोले स्वादलाई अझ सन्तुलित बनाएको कम्पनीको दाबी छ।

वाइ वाइ नेपाली उपभोक्ताको दैनिक जीवनसँग गहिरो रूपमा जोडिएको ब्रान्ड हो। विद्यालयको टिफिनदेखि रातिको खाजासम्म, होस्टेलदेखि घरको भान्सासम्म यो हरेक पुस्तासँग जोडिएको छ।

सीजी फुड्सका बिजनेस हेड उपेन्द्र प्रधानले वाइ वाइ नेपाली घर–परिवारको विशेष हिस्सा रहँदै आएको उल्लेख गर्दै वाइ वाइ क्लासिकमार्फत नेपाली उपभोक्ताको पुरानो अनुभव र भावनासँग पुनः जोडिन खोजिएको बताए। कम्पनीले वाइ वाइ क्लासिकमार्फत उपभोक्ताहरूको वाइ वाइसँगको पुराना रमाइला पलहरू तथा सम्झनालाई पुनः जीवन्त बनाउने विश्वास व्यक्त गरेको छ।

नेपाली बजारमा ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको वाइवाइ अहिले विश्व बजारको ४ प्रतिशत हिस्सा सहित अत्यधिक रुचाइएको नेपाली चाउचाउ हो । हरेक वर्ष झण्डै २० प्रतिशतले वृद्धि भइरहेको यसको अन्तर्राष्ट्रिय बजार विस्तारले नेपाली उत्पादन पनि विश्वस्तमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने प्रमाणित गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ